प्रभु बैंक बट्टार शाखाद्वारा अमरज्योती माविका विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा

भदौ १६, २०८२ मा प्रकाशित | 459 views


नुवाकोट ।  प्रभु बैंक बट्टार शाखाको आयोजनामा नुवाकोटको तादी गाउँपालिका–३ स्थित अमरज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ।

विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई प्रभु बैंक बट्टार शाखा प्रमुख सुबर्ण राज कंडेलले वित्तीय साक्षरतासम्बन्धी जानकारी दिनुभएको हो। उहाँले प्रस्तुतीकरण र अन्तरक्रिया मार्फत विद्यार्थीलाई वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचतको महत्त्व, सुरक्षित वित्तीय व्यवहारलगायतका विषयमा जानकारी दिनुभएको थियो।

“वित्तीय साक्षरता भनेको व्यक्तिले वित्तीय सेवाको पहिचान, प्रयोग, व्यवस्थापन र निर्णय लिन सक्ने क्षमता विकास गर्नु हो।” शाखा प्रमुख कंडेलले भन्नुभयो “विद्यार्थीस्तरमै यस्तो ज्ञान प्रदान गर्नु भविष्यमा उनीहरुको आर्थिक व्यवहार र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।”

कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो। सहभागीहरुलाई प्रश्नोत्तर मार्फत अझ प्रस्ट रूपमा बुझाउन सहजीकरण गरिएको थियो।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा अन्य विद्यालयमा पनि यस्ता साक्षरता कक्षा सञ्चालन गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web