सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

भदौ १६, २०८२ मा प्रकाशित | 176 views


काठमाडौँ । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ तोलाको दुई लाख ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर दुई हजार चार सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो । यस्तै शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web