नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

भदौ १०, २०८२ मा प्रकाशित | 641 views


नुवाकोट ककनी गाउँपालिका–२ काउलेस्थित पासाङ ल्हामु सडक खण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब १२:४० बजेको समयमा काठमाण्डौबाट रानीपौवा तर्फ जाँदै गरेको बा.प्र.०२-०५५ प ५१४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई करिब १० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा इलाम माईजोगमाई गाउँपालिका–५ निवासी करिब ४०/४५ वर्षीय चालक किरण राई गम्भीर घाइते भएका थिए। टाउको र मुखमा चोट लागेका उनलाई तत्कालै उपचारका लागि काठमाडौँको ग्रिन सिटी अस्पताल पठाइएको थियो। तर, उपचारको क्रममा दिउँसो १:४५ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web