यातायात व्यवसायी राष्ट्रिय महासंघ नुवाकोटको सातौं अधिवेशन सम्पन्न, धनबहादुर श्रेष्ठ पुनः अध्यक्षमा चयन

भदौ ८, २०८२ मा प्रकाशित | 713 views


नुवाकोट । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नुवाकोटको सातौं जिल्ला अधिवेशन बागमती प्रदेश संयोजक सुवन गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। अधिवेशनले धनबहादुर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि गिरिले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै यातायात व्यवसायमा देखिएको समस्या, चुनौती र अवसरको पहिचानमा केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले संघर्ष र समाधानको संयोजनमार्फत व्यवसायीलाई सुरक्षित र दीर्घकालीन टिकाउ बनाउने दिशामा लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष धनबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा नमस्ते पासाङल्यामु यातायात प्रालि, टिमुरे यातायात प्रालि र त्रिशूली यातायात प्रालिमा आबद्ध व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

धनबहादुर श्रेष्ठको अध्यक्षतामा गठित नवनिर्वाचित कार्यसमितिको सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहनुभएको छ । यस्तै, सदस्यहरुमा कुमारमान मलेकु श्रेष्ठ, लक्ष्मण महर्जन, अनुज जोशी र लोकराज न्यौपाने रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिले महासंघमा आबद्ध व्यवसायीहरुको सहकार्य, एकता र सशक्त नेतृत्व विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web