
नुवाकोट । विदुर नगरपालिकाले सडक पेटी र सार्वजनिक स्थानमा अव्यवस्थित रुपमा मिठाइजन्य व्यवसाय सञ्चालन गर्न नपाइने स्पष्ट चेतावनी दिँदै सूचना सार्वजनिक गरेको छ।
नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘कुसे औँसी अर्थात बुबाको मुख हेर्ने औसी सहितको चाडपर्व नजिकिँदै गर्दा अस्थायी पसल, खाद्यान्न तथा सामग्री बिक्री वितरणको नाममा सडक पेटीमा जेरी सहित मिठाईजन्य सामाग्रिको व्यापार फैलाउने गतिविधि बढ्दै गएकाले त्यसबाट ट्राफिक व्यवस्थापन, पैदलयात्रुहरूको आवागमन र नगरको सौन्दर्यमा असर पुगेकाले त्यस्ता कार्य नगर्न’ भनिएको छ ।
सडक पेटी, सार्वजनिक स्थानमा आफूखुसी मञ्च, टेबल, छाता राखी व्यापार गर्न कानूनले नपाइने हुदाँ त्यस्ता कार्यमा संलग्नलाई कारबाही गरिने नगरपालिकाले जनाएको छ।
नगरप्रमुख राजन श्रेष्ठको निर्देशनमा जारी गरिएको उक्त सूचनामा मिठाइपसल, खाद्य सामग्री विक्रेताहरुलाई अनुमति बिना सामग्री राख्न र बिक्री गर्न नपाइने र अनुमति प्राप्त भए पनि तोकिएको ठाउँमा मात्र व्यवसाय गर्न आग्रह गरिएको छ।
विदुर नगरपालिका क्षेत्रलाई व्यवस्थित बनाउँदै नियमनमा ल्याउनका लागि यो सूचना आवश्यक भएको र उल्लंघन गर्नेलाई नियमानुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।
नगरपालिकाले जारी गरेको सूचना यस्तो छ :

17.12¡ÆC