सुनको भाउ दुई दिनमा दुई हजार चार सय रुपैयाँले घट्यो

साउन २७, २०८२ मा प्रकाशित | 270 views


काठमाडौँ । सुनको भाउ दुई दिनमा दुई हजार चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा एक हजार एक सय रुपैयाँले घटेको सुन आज पनि एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web