समृद्ध नुवाकोटको आयोजनामा बट्टारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २८ जनाले गरे रक्तदान

साउन २०, २०८२ मा प्रकाशित | 1869 views

समृद्ध नुवाकोटको आयोजनामा बट्टारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २८ जनाले गरे रक्तदान

नुवाकोट । ‘समृद्ध नुवाकोट’को आयोजनामा बट्टारस्थित शिवालय सिनेफ्लेक्समा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लासहित देशभर देखिएको रक्त अभावलाई केही हदसम्म कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सामाजिक अभियन्ता पूर्णमान कुमार श्रेष्ठले रक्त अभावको गम्भीरतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको बताउनुभयो। उहाँका अनुसार, समृद्ध नुवाकोटले यस्ता अभियानमार्फत समुदायप्रति आफ्नो सामाजिक दायित्व पुरा गर्दै आएको छ।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित  रक्त सञ्चार केन्द्र नुवाकोटले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रममा रक्तदान गर्ने २८ जना सहभागीलाई रेडक्रस नुवाकोटका मन्त्री उद्धव शर्मा रिजालले प्रमाणपत्र प्रदान गर्नुभयो।

कार्यक्रम सञ्चालनमा सुट दरबार, शिवालय सिनेफ्लेक्स, शिवालय पञ्चेबाजा एण्ड क्याटरिङ्ग सर्भिस, तथा नेपाल बजार बिक्री प्रतिनिधि संघ नुवाकोट–धादिङ इकाइले सहयोग गरेका थिए।

समृद्ध नुवाकोटले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web