सुनको भाउमा कीर्तिमान, तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँ

साउन २०, २०८२ मा प्रकाशित | 238 views

सुनको भाउमा कीर्तिमान, तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँ

काठमाडौँ । सुनको भाउले आज कीर्तिमान बनाएकाे छ। सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि वैशाख ९ गते सुनकाे भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेकाे थियो । हिजो भने सुनको भाउ तोलाको एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर ताेलाकाे दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ताेलाकाे दुई हजार दुई सय ५५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web