एक पटकका लागि जन्म दर्ताको नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा सच्याउन पाइने

साउन १८, २०८२ मा प्रकाशित | 1491 views

नुवाकोट । कुनै व्यक्तिगत घटना दर्ताको प्रमाण पत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

ऐनको दफा २५ को उपदफा १ मा ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र मात्रै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन पाउने व्यवस्था थियो ।

यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटक सच्याउन पाउने भएका छन् ।

विवरण सच्याएको जानकारी भने स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ । यसरी प्राप्त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको परिचय नम्बर रहेकोमा उक्त परिचय नम्बर रहेको त्यस्तो व्यक्तिको विवरणमा समेत उक्त विवरण सच्याउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web