नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित छहरेको लौके झरनामा बाढीले फसेका ४ जना युवायुवतीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। आज साँझ करिब ६ बजेको समयमा खोलामा आकस्मिक बाढी आएसँगै उनीहरू खोलापारी फसेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा १० जनाको प्रहरी टोली, साथै अस्थायी प्रहरी पोष्ट छहरेका इन्चार्ज प्र.स.नि. राजबाबु सिंह राजपुतको कमाण्डमा थप ३ जनाको टोली परिचालन गरिएको थियो।

उक्त टोलीले ती फसेका व्यक्तिहरूलाई साँझ ६:४५ बजेतिर सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उद्धार गरिएका व्यक्तिहरूमा ललितपुरको सातदोबाटो बस्ने वर्ष २४ की लक्ष्मी शिंखडा, शिवपुरी गा.पा.–८ निवासी २२ वर्षीय अनिश नेपाली, २१ वर्षीय कृष्ण नेपाली र २६ वर्षीय राजेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
प्रहरीले युवायुवतीहरू झरना हेर्न गएका बेला आकस्मिक बाढीले खोला तर्न नसकेर पारी फसेको जानकारी दिएको छ।
20.12¡ÆC