
नुवाकोट । विदुर नगरपालिका–४ बट्टार पुरानोपाटीमा बट्टार टोल सुधार संस्थामार्फत निर्माण गरिएको दुई तले सामुदायिक भवनको नगर प्रमुख राजन श्रेष्ठले उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उक्त भवन संस्थालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनमा सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बट्टार पुरानोपाटी, भैरवी, जालपा, वनदेवी, बाराही मन्दिर, वेत्रावती, भैरमकोट, दुधेलामा, कालिका मन्दिरजस्ता धार्मिक सांस्कृतिक संरचनाको संरक्षण र प्रवर्द्धनमा नगरपालिका क्रियाशील छ। हामीले धारा–हिटीहरूको पुनर्निर्माण अभियान समेत सञ्चालन गरिरहेका छौं।”
कार्यक्रममा वडा नं ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले स्थानीय तहको सहभागिता र स्थानीयबासीको समेत लागतमा निर्माण भएको भवन बट्टार क्षेत्रको सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधिको केन्द्र बन्ने बताउनुभयो । भवनलाई आगामी दिनमा जीवन्त र उपयोगी बनाउन उहाँले सुझाब दिनुभयो । उहाँले कोसेली घरलाई पनि छिट्टै सञ्चालनमा ल्याउने, सिमचउरमा बनेको बधशालालाई व्यवस्थित गर्न थप आवश्यक संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
यस्तै, वडा नं ४ कापूर्व वडाध्यक्ष टलकमान श्रेष्ठले अघिल्लो निर्वाचित कार्यकाल जति बेला आफू वडाध्यक्ष हुदाँ सुरु भएको पाटीले पुर्णता पाएकोमा सन्तुष्टी व्यक्त गर्नुभयो । पुरानोपाटी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई जोगाउन नयाँ बनेको भवनले महत्त्वपूर्ण भूमिका खेल्ने र सामुदायिक सहकार्यको राम्रो उदाहरण हुने उहाँले बताउनुभयो ।
उक्त भवन निर्माणमा विदुर नगरपालिका, विभिन्न निकाय, स्थानीयवासी तथा जनश्रमदानमार्फत करिब ७० लाख रुपैयाँ लागत लागेको संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार मौलिक पहिचान झल्किने उक्त दुई तले भवनले बट्टार क्षेत्रको संस्कृति, पर्व, परम्परा, जात्रा तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालनमा टेवा पुर्याउनेछ।
सँस्थाका सचिव गोकुल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सँस्थाको सदस्यता बनेर सामाजिक कार्यमा जोडिनको लागी स्थानीयबासी सहित सरोकारवालाहरुलाई आब्हान गर्नुभयो । सँस्थाको साधारण सदस्यताको लागी एक हजार र आजिवन सदस्यताको लागी दुई हजार पाचसय शुल्क तोकिएको छ ।
कार्यक्रममा बट्टार बजार क्षेत्रका स्थानीयबासी, अगुवा व्यक्तित्व, सँस्थाका कार्यसमितिका पदाधिकारी एंव सदस्यहरु, बुद्धिजीवी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
19.12¡ÆC