पञ्चकन्या गाउँपालिकामा ‘गौमती खड्कुले झरना–सिद्धेश्वर नागदह महोत्सव’ भव्य रुपमा सम्पन्न

साउन १४, २०८२ मा प्रकाशित | 688 views


नुवाकोट । पर्यटकीय गन्तव्यको रुपमा प्रशस्त सम्भावना बोकेको पञ्चकन्या गाउँपालिकामा ‘गौमती खड्कुले झरना–सिद्धेश्वर नागदह महोत्सव’ भव्य रुपमा सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महोत्सवमा उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, विभिन्न जनप्रतिनिधि, बुद्धिजीवी, पत्रकार, स्थानीय समाजसेवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङले महोत्सवको समापन समारोहमा भन्नुभयो, “गौमती खड्कुले झरना र सिद्धेश्वर नागदहजस्ता प्राकृतिक तथा धार्मिक सम्पदाहरू पञ्चकन्या गाउँपालिकाको अमूल्य सम्पत्ति हुन्। यी सम्पदाको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हो भने स्थानीय आर्थिक उन्नति, रोजगारीको सिर्जना र समृद्धिको मार्ग प्रशस्त हुनेछ।”

उहाँले थप भन्नुभयो, “स्थानीय संस्कृति, प्रकृति र धार्मिक आस्थालाई जोड्ने यस्ता महोत्सवहरू हाम्रो पहिचान संरक्षणको एउटा बलियो माध्यम हो। गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।

महोत्सव अन्तर्गत खड्कुले झरनास्थलमा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम, सिद्धेश्वर मन्दिर परिसरमा पूजाआजा, सांगीतिक भजन, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शनी तथा पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरिए।

कार्यक्रमको उद्देश्य स्थानीय प्राकृतिक स्रोत तथा धार्मिक सम्पदाको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण र सामाजिक एकता तथा समृद्धिको मार्ग खोल्नु रहेको आयोजकले जनाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web