विदुरले सुरु गर्यो सयपत्री र मखमली फूलको व्यावसायिक खेती

साउन १०, २०८२ मा प्रकाशित | 296 views


नुवाकोट । विदुर नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पुष्पखेती प्रवर्द्धन अभियान अन्तर्गत वडा नं ९ स्थित वडा कार्यालय परिसरभित्र रहेको नगरपालिकाको करिब ६ रोपनी जग्गामा सयपत्री र मखमली फूल खेती थालिएको छ।

फूल रोपण कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं ८ का अध्यक्ष कमल श्रेष्ठ, वडा नं ९ का अध्यक्ष हरेराम भण्डारी, वडा नं १२ का अध्यक्ष उपिन्द्र खड्का लगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

फूल खेतीका लागि आधुनिक यान्त्रिकरण प्रयोग गर्दै ड्याङ तयार पारिएको छ भने मल्चिङ प्रविधि अपनाएर ९ हजारभन्दा बढी सयपत्री र मखमलीका विरुवा रोप्ने योजना छ। नगरप्रमुख श्रेष्ठले उत्पादन भएको फूल तिहार र अन्य चाडपर्वमा व्यावसायिक रूपमा विक्री गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

गत वर्ष परीक्षणको रूपमा गरिएको फूल खेती सफल भएको अनुभवका आधारमा यस वर्ष थप बृहत रूपमा फूल खेती विस्तार गरिएको हो । नगरपालिकाको प्रयासले स्थानीय किसानहरूमा व्यावसायिक फूलखेतीप्रति आकर्षण बढेको छ। अहिले लगाइएको फूलपछि थप विरुवा रोपेर वर्षभरि निरन्तर फूल उत्पादन गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web