दुप्चेश्वरमा राष्ट्रिय परिचयपत्र शिविर, ज्येष्ठ नागरिक र असक्त व्यक्तिलाई प्राथमिकता

साउन ८, २०८२ मा प्रकाशित | 462 views


नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा र जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा यही साउन ९ र १० गते दुई दिनसम्म राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको कार्यालय परिसर, समुद्रटारमा हुने शिविरबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने बताउनुभयो ।

शिविरको पहिलो दिन साउन ९ गते वडा नं. १ देखि ४ सम्मका नागरिकहरूले सेवा पाउने छन् भने दोस्रो दिन साउन १० गते वडा नं. ५ देखि ७ सम्मका नागरिकलाई सेवा दिइने छ।

सामाजिक सुरक्षा भत्ता लिन हाल राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा नागरिकलाई प्रशासन कार्यालय धाउनु नपरोस् भनेर शिविर सञ्चालन गरिएको अध्यक्ष थापाले बताउनुभयो । साथै अहिले सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र नविकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न शिविरमा आवश्यक पूर्वतयारी पूरा गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web