बेलकोटगढीमा व्यावसायिक अकबरे खुर्सानी खेतीको प्रवर्द्धन, किसानको जीवनस्तर उकास्ने लक्ष्य

साउन ८, २०८२ मा प्रकाशित | 245 views


नुवाकोट । बेलकोटगढी नगरपालिका भित्र व्यावसायिक अकबरे खुर्सानी खेतीलाई प्रवर्द्धन गर्दै नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न थालेको छ। नगरप्रमुख जगतबहादुर गुरुङको नेतृत्वमा किसानलाई बीउदेखि आवश्यक सामग्रीसम्म अनुदानमा उपलब्ध गराई अकबरे खुर्सानी खेतीतर्फ आकर्षण बढाइएको हो।

नगरप्रमुख गुरुङले किसानसँग नियमित संवाद गर्दै उनीहरुको समस्या, सम्भावना र प्रगति बारे जानकारी लिँदै आउनुभएको छ। उहाँले स्थानीय किसानको आयआर्जन वृद्धिसँगै जीवनस्तर परिवर्तन गर्न कृषि पेसालाई आत्मनिर्भर र रोजगारीमुखी बनाउने उद्देश्यले कफी र अकबरे खेतीलाई प्राथमिकता दिएको बताउनुभयो।

विशेषगरी वडा नं. ३ र ४ का किसान यस अभियानमा सक्रियतापूर्वक आबद्ध भएका छन्। आधुनिक कृषि प्रणालीअनुसार व्यावसायिक रुपमा उत्पादन र बजारीकरणमा जोड दिइँदैछ। वडा नं ३ र ४ बाट सुरु गरिएको कफी र खुर्सानी खेती अहिले नगरको सबै वडामा फैलदै छ । पछिल्लो समयम वडा नं १२ र १३ का किसानले यसलाई व्यावसायिक रुपमा अघि बढाउदै आइरहेका छन् ।

नगरप्रमुख गुरुङको चाहना र लक्ष्य अनुसार जनप्रतिनिधि र कर्मचारीहरुको आवश्यक सहयोगले बेलकोटगढीको पहिचानमा अकबरे खुर्सानी बनाउने लक्ष्य अघि बढेको छ । खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने देखिएकोले किसान पनि उत्साहित छन्। यसले कृषि पेशा प्रति आकर्षण बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न भूमिका खेलेको छ।

नगरपालिकाको सक्रियता, प्राविधिक सहयोग र अनुदान कार्यक्रममार्फत बेलकोटगढीलाई अकबरे खुर्सानीको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको नगरप्रमुख गुरुङले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web