नुवाकोट । ईलाका प्रशासन कार्यालय सातबिसेको कार्यक्षेत्र विस्तार भएको छ ।
तादी गाँउपालिका वडा नं ५ र ६ साविक नर्जामण्डप गाविसका बासिन्दालाई प्रशासन कार्यालयको सेवा लिन जिल्ला प्रशासन कार्यालय विदुरमा नै आउनुपर्ने बाध्यता हटाउदै उक्त भुगोलका नागरिकहरुको लागी साउन ७ गतेदेखि इलाका प्रशासन कार्यालयबाट सेवा दिन थालिएको छ ।
तादी गाँउपालिकाको वडा नं ५ र ६ का नागरिकहरुर्ला सहज बनाउनको लागी जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाहरुको आग्रहमा नुवाकोट प्रशासनले इलाका कार्यालयको भुगोल विस्तारको लागी गत बैशाख ३ गते गृहमन्त्रालयमा पत्राचार गरिएको थियो ।
सरोकारवालाहरुको आग्रहलाई उद्रित गर्दै नुवाकोट प्रशासनले गरेको पत्राचार अनुसार गृहमन्त्री रमेश लेखकले यही साउन ४ गते गर्नुभएको निर्णयका आधारमा तादी गाँउपालिकाको वडा नं ५ र ६ का नागरिकहरुले साउन ७ गतेदेखि ईलाका प्रशासन कार्यालय सातबिसेबाट सेवा पाउने प्रशासकीय अधिकृत सावित्रा भण्डारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार तादी–५ र ६ का बासिन्दाहरुले बंशजको आधार पाउने नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम, थर, उमेर, ठेगाना फरक परेमा संशोधन गर्नको लागी कागजात सहजिकरण, जनजाती, मुस्लिम, दलित, अल्पसङ्ख्यक जाती प्रमाणित गर्न, शान्ति सुरक्षा, बजार अनुगमन लगायतका सेवा लिनको लागी प्रशासन कार्यालय जानुपर्ने बाध्यता हटेर साउन ७ देखि ईलाका प्रशासन कार्यालयबाट नै सेवा लिने पाउने भएका छन् ।
इलाका प्रशासन कार्यालय सातबिसेबाट पाइने सेवाहरु उल्लेखित अनुसार रहेका छन् ।



ताजा समाचारहरू