
नुवाकोट । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहमा भ्रमपूर्ण सन्देश फैलाएको आरोप लागिरहेको छ। राजधानी काठमाडौंबाट नुवाकोट आइपुगेकी तामाङले जिल्लाको लिखु, सूर्यगढी गाउँपालिका र विदुर नगरपालिकामा अनियमितताको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत एकपक्षीय र आधारहीन सामग्री प्रचार गरिरहेकी छन्।
विशेष गरी सूर्यगढी गाउँपालिकाको भवन निर्माण र सो परिसरमा निर्मित पर्खालबारे ‘अनियमितता’ भएको जिकिर गरेपछि गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले सार्वजनिक रूपमा चुनौती दिँदै तथ्यसहित प्रमाण पेश गर्न आग्रह गरेका थिए। तथापि, प्रमाण पेश नगरी आशिका सो स्थानबाट फर्किएकी छन्।
सामाजिक अभियन्ता आशिका तामाङले पालिकाको भवन निर्माण स्थलमा लगाएको पर्खालमा भ्रष्टाचार भएको भनेर भिडियो बनाएपछि उक्त स्थानमा पुग्नुभएका गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेबाट उनलाई बुझेर मात्र हल्ला गर्न भनेर दिइएको सुझाब । (भिडियो)
उनको गतिविधिलाई कतिपय स्थानीय सामाजिक अगुवाहरूले सस्तो लोकप्रियता कमाउने प्रयास भनेका छन्। सामाजिक सञ्जालमा सनसनी फैलाउने उद्देश्यले कुनै पनि विषयबारे गहिरो अध्ययन नगरी सतही आरोप लगाउने, सम्बन्धित पक्षको भनाइ समावेश नगर्ने प्रवृत्तिले समाजमा गलत सन्देश प्रवाह हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।
स्थानीयबासी र सरोकारवाला निकायले यस्ता भ्रमपूर्ण प्रचारप्रति सचेत रहन र यथार्थ बुझ्न आग्रह गरेका छन्। अभियन्ताको नाममा गरिने आधारहीन प्रचारले सामाजिक सौहार्दमा असर पार्न सक्ने भएकाले जिम्मेवार र तटस्थ ढंगले प्रस्तुत हुनुपर्ने तर्क उनीहरूको छ
22.12¡ÆC