तादी खोलामा बेपत्ता भएका १८ वर्षीय उत्सव श्रेष्ठको शव फेला

साउन ३, २०८२ मा प्रकाशित | 183 views


नुवाकोट । तादी खोलामा पौडी खेल्ने क्रममा हिजो शुक्रबार बेपत्ता भएका काठमाडौँ टोखा नगरपालिका–३ निवासी १८ वर्षीय उत्सव श्रेष्ठको शव आज बिहान फेला परेको छ।

शुक्रबार दुप्चेश्वर गाउँपालिका–६ स्थित गौडापुल नजिकै खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको शव आज बिहान वडा नं ५ स्थित भ्याङ्ले पक्की पुलभन्दा तल भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो।

श्रेष्ठ साथीहरूसँग दुप्चेश्वर मन्दिर दर्शन गर्न आएका थिए। त्यसक्रममा खोलामा पौडी खेल्दा हराएका उनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोगमा खोजी गरिएको थियो।

शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी परीक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाले गर्मीयाममा खोलानालामा ध्यानपूर्वक गतिविधि गर्नुपर्ने चेतना दिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web