‘KORA CYCLING CHALLENGE-2025’को ‘अफिसियल टिसर्ट’ सार्वजनिक

साउन १, २०८२ मा प्रकाशित | 375 views


नुवाकोट। शारीरिक स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन, वातावरणमैत्री यात्रा र परोपकारी उद्देश्यलाई लिएर सञ्चालन हुन लागेको ‘KORA CYCLING CHALLENGE-2025’ का लागि अफिसियल टिसर्ट सार्वजनिक गरिएको छ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा टिसर्ट सार्वजनिक गरिएको हो। उक्त टिसर्टमा साइकल यात्राको रुटसहित ‘विदुर कोरा-२०२५’ उल्लेख गरिएको छ।

कार्यक्रममा वडा नं १० का अध्यक्ष गणेशकुमार नेपाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नुवाकोट साइक्लिङ संघका सचिव सुनिल विष्टलगायतको उपस्थिति रहेको थियो।

प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार ‘हिमालयको सबैभन्दा ठूलो साइकल राइडिङ उत्सव’ को रुपमा मनाइने यस पर्वमा यसपटक संकलित रकम सिन्धुपाल्चोकका दनुवार समुदायलाई सौर्य बत्ति उपलब्ध गराउन खर्च गरिनेछ।

नगरप्रमुख श्रेष्ठले यो सामाजिक अभियानमा सबैले सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web