नेकपा (एमाले) नुवाकोटको संगठित सदस्य संख्या सात हजार नाघ्यो

साउन १, २०८२ मा प्रकाशित | 246 views


नुवाकोट । नेकपा (एमाले) नुवाकोटको संगठित सदस्य संख्या सात हजार नाघेको छ। गत वर्ष ६ हजार ४८४ जना सदस्य रहेकोमा यो वर्ष ६६० जना थपिएपछि सदस्य संख्या ७ हजार १ सय ४४ पुगेको एमालेले जनाएको छ।

एमाले नुवाकोटका सचिव शिवकुमार चित्रकारले एमालेप्रति जनआकर्षण दिनप्रतिदिन बढ्दै गएको बताउँदै “राम्रो पार्टी भनेकै एमाले हो भन्ने आम जनभावना झनै मजबुत हुँदै गएको” उल्लेख गर्नुभयो।

सचिव एंव संगठन बिभाग प्रमुख चित्रकारका अनुसार नेकपा एमाले नुवाकोट थप सशक्त बन्दै गएको छ र आगामी निर्वाचनमा नुवाकोट जिल्लामा बहुमत ल्याउने दाबी पनि गर्नुभयो।

“पार्टीले विगतका कमीकमजोरी सुधार गर्दै आएको छ, र तल्लो तहसम्म जनविश्वास बढेको छ,” उहाँले भन्नुभयो। साथै, केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारको कामकाजले पार्टीप्रति आकर्षण बढेको उल्लेख गर्नुभयो।

एमाले जिल्ला कमिटीले सदस्य संख्या मात्र नभई सांगठानिक संरचना, जनसंपर्क र प्रशिक्षण अभियानलाई पनि सुदृढ बनाउँदै लगेको जनाएको छ ।

कुन पालिकामा कति हेर्नुहोस् तथ्याङ्क :

नेकपा (एमाले) — सदस्यता विस्तार २०८२
“सुदृढ संगठन, समृद्ध राष्ट्र”

✅ नुवाकोट जिल्लामा एमालेको वर्चस्व!
📌 कुल सदस्य संख्या : 7144
👉 नवीकरण : 6484
🆕 नयाँ सदस्य : 660

🔝 सदस्य संख्यामा अगाडि रहेका पालिकाहरू:
1. बेलकोटगढी नगरपालिका – 1639
2. विदुर नगरपालिका – 1483

💪 संगठनको आधार – सक्रिय सदस्य 
🌾 गाउँगाउँमा एमाले, जनताको विश्वासमा एमाले !
🔥 २०८२-को संकल्प – संगठन थप सशक्त बनाउने !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web