नुवाकोट । पञ्चकन्या गाउँपालिका वडा नं. १ कार्यालयबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवा अबदेखि बानियाटारस्थित सामुदायिक सांस्कृतिक भवन (सामुदायिक पुस्तकालय, इन्द्रायणी मावि नजिकै) बाट नियमित रूपमा सञ्चालन हुने भएको छ।
यसअघि मैयादेवी लामिछानेको घरमा अस्थायी रूपमा सञ्चालित कार्यालय अब नयाँ स्थानमा सरेको हो। वडा अध्यक्ष महानन्द ढकालले जारी गरेको सूचनामार्फत वडाबासी एंव सेवाग्राहीलाई जानकारी गराइएको छ ।

17.12¡ÆC