त्रिशूलीको बाढीले त्रिशूली ३ बी हव स्टेशन जोखिममा, थप क्षति हुनबाट बचाई सञ्चालनमा ल्याउन नेपाली सेना सक्रिय

असार २६, २०८२ मा प्रकाशित | 784 views


नुवाकोट । त्रिशूली नदीमा आएको बाढीले किस्पाङ गाउँपालिका वडा नं. ५ पहिरेबेसीस्थित नेपाल विद्युत प्राधिकरणको ‘त्रिशूली ३ बी हव स्टेशन’ जोखिममा परेपछि त्यसको संरक्षणमा नेपाली सेनाको शेर गण खटिएको छ ।

यही असार २४ गते बिहान त्रिशूली नदीमा आएको बाढीले त्रिशूली ३ बी हव स्टेशन कटान गरेर जोखिम बनाएको थियो । उक्त हब नै बगाउने जोखिम भएसगैँ अहिले बन्द रहेका उक्त त्रिशूली ३ बी हव स्टेशनलाई सुरक्षित बनाई सञ्चालनमा ल्याउनको लागी नेपाली सेनाको श्री शेर गण नुवाकोटका सैनिकहरु परिचालन गरिएको छ ।

बाढीले थप क्षति नपु-याओस् भनी त्रिशूली नदीको वहावको दिशा परिवर्तन गरी जोखिम न्यूनीकरणको काम भइरहेको श्री शेर गणका गणपति अशोककुमार मल्लले जानकारी दिनुभयो ।

उहाँको अनुसार नेपाली सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, हबका कर्मचारीहरुको सक्रिय सहभागितामा विगत तीन दिनदेखि उद्धार तथा संरक्षात्मक काम तीव्र रूपमा भइरहेको छ ।

उक्त हव स्टेशनमार्फत रसुवा र नुवाकोट जिल्लामा रहेका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन हुने करिब ३२२ मेगावाट विद्युत २२०/१३२-३३ के.भी. प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थ मुख्य केन्द्रमा पठाउने गरिएको बाढीले कटान गरेर जोखिम बनाएसगैँ हाल बन्द अबस्थामा रहेको छ ।

हव स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएमा राष्ट्रव्यापी विद्युत आपूर्तिमा समेत गम्भीर असर पर्ने खतरा देखिएकाले तत्कालै थप बाढी आएर अझै ठूलो क्षति पुर्याउन सक्ने, हबलाई जतिसक्दो चाडो सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले थप क्षति हुन नदिनको लागी सुरक्षा निकायले काम गरिरहेको हो ।

त्रिशूली नदीमा आएको बाढीमा परेर विदुर–९ स्थित बाह्रवस्तीका दम्पत्ति नदीम फसेपछि उद्धार गरेर नेपाली सेनाले अहिले चौतर्फी प्रशंसा बटुलिरहेको समयमा नेपाल विद्युत प्राधिकरणको त्रिशूली ३ बी हव स्टेशन जोखिममा परेपछि त्यसको संरक्षणमा सेना सहितको सुरक्षा टोलीबाट बाढीले थप क्षति पुर्याउन नदिनको लागी उद्धार तथा संरक्षात्मक काम तीव्र रूपमा भइरहेको हो ।

त्रिशूली नदीमा आएको बाढीले त्रिशूली ३ बी हव स्टेशनमा पु-याएको क्षति । त्यसपश्चात थप क्षति हुनबाट बचाई सञ्चालनमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायबाट भइरहेका कामको गतिविधि तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web