तादी गाउँपालिकाद्वारा विपद् व्यवस्थापनका लागि इलाका प्रहरीलाई राहत तथा उद्धार सामग्री हस्तान्तरण

नुवाकोट, तादी ।
विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले तादी गाउँपालिकाले इलाका प्रहरी कार्यालय, खरानीटारलाई राहत तथा उद्धार सामग्री प्रदान गरेको छ।

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले इलाका प्रहरी कार्यालय, खरानीटार नुवाकोटका प्रमुख प्रहरी निरीक्षक जयन्ती थापालाई राहत तथा उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, प्रशासन प्रमुख विरोचन खनाल, पालिकाका अन्य कर्मचारी तथा प्रहरीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष तामाङले तादी गाउँपालिका र छिमेकी दुप्चेश्वर गाउँपालिका क्षेत्रमा प्राकृतिक विपद्को सम्भावना उच्च रहेको उल्लेख गर्दै यस्ता सामग्रीहरू प्रभावकारी ढंगले प्रयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

इलाका प्रहरी कार्यालय, खरानीटार क्षेत्रमै पर्ने भएकाले विपद् समयमा तत्काल परिचालन गर्न सकिनेगरी सामग्री हस्तान्तरण गरिएको र पालिका तथा प्रहरी दुवै निकाय विपद् व्यवस्थापनमा चनाखो रहेको जनाइएको छ

प्रतिक्रिया

TOP