बेलकोटगढी–८ जिलिङको पहिरो अझै नियन्त्रणमा आएन, जोखिम बढ्दो

असार २३, २०८२ मा प्रकाशित | 272 views


नुवाकोट। ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित जिलिङमा लामो समयदेखि पहिरो नियन्त्रणको काम अलपत्र हुँदा सवारी तथा पैदल आवागमनमा जोखिम बढेको छ।

लगातारको वर्षासँगै पहिरो सक्रिय बनेपछि सडकमा लेदो सहितको भल बग्न थालेको छ। सडक अबरुद्ध हुने अवस्था देखिएपछि भित्ताबाट ड्रेन काटेर पानी निकास गर्ने तयारी भइरहेको छ।

स्थिति गम्भीर बन्दै गएपछि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठुकरी, उपप्रमुख दलबहादुर तामाङ, नगरप्रमुख जगतबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे लगायतको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेका छन्।

स्थानीय निकाय र सरोकारवालाको सहकार्यमा उक्त स्थानमा ग्राभेल गर्ने, पानी निकास प्रणाली बनाउने लगायतका काम भोलिबाटै सुरु गर्ने तयारी गरिएको छ। सोही क्रममा सडक केही समय अवरुद्ध हुनसक्ने जानकारी दिइएको छ।

स्थानीय बासिन्दा र यात्रुहरूका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण पहिरो नियन्त्रणको काम समयमा नहुँदा दैनिक यात्रा कठिन भएको छ। अब भने तत्काल काम थाल्ने प्रतिबद्धता सरोकारवालाहरूले जनाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web