नुवाकोट । दुप्चेश्वर गाँउपालिका वडा नं ७ निवासी नोनो शेर्पा तादी खोला बगरमा मृत्त अबस्थामा भेट्टिएका छन् ।
पौडी खेल्न गएको समयमा गएको असार ३ गते तादी खोलाले बगाएर बेपत्ता भएका शेर्पा आज दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित टट भन्ने ठाँउमा तादी खोलाको बगरमा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिनुभयो ।
उहाँको अनुसार शेर्पाको शव सडी-गलेको अबस्थामा भेट्टिएको हो । शव परीक्षणको लागी त्रिशूली अस्पतालमा पठाइएको छ ।
पौडी खेल्न गएको समयमा बेपत्ता भएका शेर्पाको खोजतलासको लागी गाँउपालिकाको कार्यालय र सुरक्षा निकायले सक्दो प्रयास गर्दै आएका थिए । गाँउपालिकालको कार्यालयले असार ११ गते सूचना प्रकाशन गर्दै उनको खोजतलासको लागी सबैलाई आब्हान समेत गरेको थियो ।
शवको खोजतलासमा लाग्न आब्हान गर्दै भेट्टाएको पहिलो सूचना दिने व्यक्तिलाई २५ हजार रुपैयाँ समेत उपलब्ध गराउने भनेर गाँउपालिकालको कार्यालयले सूचना नै प्रकाशन गरेको थियो ।
19.12¡ÆC