
नुवाकोट । सामुदायिक वन क्षेत्रमा अतिक्रमण भएका स्थान खाली गर्ने र त्यस स्थानमा वृक्षारोपण गर्ने लगायत वन संरक्षणको अभियानलाई डिभिजन वन कार्यालय नुवाकोट र यस मातहतमा रहेका सव डिभिजन कार्यालयहरुले तिव्रता दिदै आएको छ ।
वन क्षेत्रको अतिक्रमण हटाउने, उक्त स्थानमा विरुवा रोप्ने र पुनः वन क्षेत्रको रुपमा विकास गर्ने नीति अनुरुप डिभिजनल वन प्रमुख रोशना पोखरेलको नेतृत्वमा रहेको डिभिजन वन कार्यालय नुवाकोटको सक्रियतामा केही दिन अघि मात्रै बेलकोटगढी-५ मा अबस्थित बाघभैरव सामुदायिक वन उपभोक्ता समितिको अतिक्रमित क्षेत्रमा बनेका घरटहरा हटाइएकोमा आज उक्त स्थानमा विरुवा रोपण गरिएको छ ।
उक्त स्थान हावापानी सुहाउदो सबै प्रजातीका करीब ५०० बिरुवा वडा न. ५ का अध्यक्ष मदन भजुलेको उपस्थितीमा बृक्षारोपण गरिएको हो ।
सामुदायिक वन क्षेत्रको अतिक्रमण गरेर बनाइएको दुई वटा संरचनालाई केही दिन अघि हटाएर खाली भएको करीब सात रोपनी क्षेत्रमा वन स्थापनाको लक्ष्य लिएर वृक्षारोपण गरिएको रातमाटे सव-डिभिजन कार्यालयका प्रमुख विवेचना अधिकारीले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा वडाध्यक्ष, बाघभैरव सामुदायिक वन उपभोक्ता समितिक अध्यक्ष दूर्लभ बहादुर तामाङ सहित वन समितिका पदाधिकारीहरु, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।
17.12¡ÆC