तादी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

असार १९, २०८२ मा प्रकाशित | 222 views


नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा तादी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

बिहीबार (आज) तादी गाउँपालिकामा शान्ति, सुरक्षा ,अपराध नियन्त्रण, सेवा प्रवाह र विपद् व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई सञ्चालन भएको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा ६ वटै वडा कार्यालय र गाँउपालिकको कार्यालयको हालसम्मको प्रगति विवरण, बिनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयन, सेवा प्रवाहका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको अध्यक्षता तथा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख दुर्गाराज रेग्मी, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमल भट्टराई, तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, जिल्ला प्रहरी कार्यालय नुवकोटका प्राहरी निरीक्षक कृष्ण बानिया, इलाका प्रहरी कार्यालय खरानीटारका प्रमुख प्रहरी निरीक्षक जयन्ती थापा, तादी गाउँपालिकाको विभिन्न वडाको वडाअध्यक्षहरु तादी गाउँपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख सहित कर्मचारीहरु ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web