बेलकोटगढीमा राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव, किसानको आत्मसम्मान र मौलिक सँस्कृतिका जगेर्ना

असार १५, २०८२ मा प्रकाशित | 235 views


२२ औँ राष्ट्रिय धान दिवस–२०८२ बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा सम्पन्न भएको छ ।

‘धान बालिमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’  भन्ने नाराका साथ आयोजना गरिएको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवमा नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, विभिन्न वडाको वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, आर्थिक विकास शाखा (कृषि) अन्तरगत कर्मचारीहरु, किसान दाजु, महिला समूह तथा स्थानीय समुदायको उल्लेख सहभागिता रहेको थियो।

रोपाईँ कार्यक्रममा नगरप्रमुख गुरुङले किसानको जीवनस्तर उकास्न उन्नतजातको बीऊ लगाउन, यान्त्रिकरणको उपयोगमा जोड दिनको लागी पालिकाको तर्फबाट आवश्यक सहयोग एंव सहजिकरण तथा सोही अनुसारको कार्यक्रम सञ्चालनमा प्राथमिकता दिने बताउनुभयो ।

यस्तै, उपप्रमुख शिवप्रसाद दाहालले कृषिमा लागत अनुसारको आम्दानी नहुने समस्या बृद्धि हुदै गएकाले यसमा तीनतहका सरकारले विशेष भूमिका निर्वाह गर्न प्रयत्न गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकरको तर्फबाट अनुदान, प्राविधिक सहयोग लगायत किसानका समस्या समाधान गरेर आर्थिकोपार्जनमा सहयोग पुर्याउनको लागी आफूले सक्दो सहयोग गर्ने बचन दिनुभयो । 

बेलकोटगढी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास कृषि शाखाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा रोपाईँ महोत्सव, किसानले असार १५ मा रोपाईँ गरेर दही चिउरा खाने परम्परागत मौलिकपनलाई कायम राख्नलाई समेत सहयोग पुगेको नगरपालिकाको आर्थिक विकास शाखा (कृषि) प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय किसान रामशरण सुवेदी र रामहरि पौडेलको खेतमा आयोजित धान रोपाई कार्यक्रम पश्चात सामूहिक रुपमा दही चिउरा खाजाले मौलिक सँस्कृतिको जगेर्नामा समेत सहयोग पुगेको हो ।

कार्यक्रममा सहभागीहरुले परम्परागत शैलीमा रोपाइँ गर्दै संस्कृति र कृषि कर्मलाई जोड्न नगरपालिकाले गरेको प्रयासको सराहनीय कार्यको रुपमा प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web