किस्पाङ गाउँपालिकाबाट प्रहरीलाइ विपद् उद्बार सामाग्री प्रदान

असार १४, २०८२ मा प्रकाशित | 250 views


नुवाकोट । किस्पाङ गाउँपालिकाले विपद्को अबस्थामा जतिसक्दो चाडो उद्धारमा खटिन सहयोग पुराउने उद्देष्यले पालिका भित्र रहेका प्रहरी चौकीलाई विपद् उद्धारका सामाग्रि प्रदान गरेको छ ।

पालिका भित्र रहेका विभिन्न ३ वटै प्रहरी चौकीहरुलाई विपद् प्रतिकार्यका लागि विभिन्न प्रकारका विपद् उद्बार सामाग्री प्रदान गरिएको उपाध्यक्ष अजुर्न न्यौपानेले जानकारी दिनुभयो ।

उहाँको अनुसार विपदको समयमा खटिने प्रहरीलाई तत्कालै चाहिने अत्यावश्यक रहेका उद्धारका सामाग्रिहरुको अभाव रहेको जानकारीमा आएसगैँ पालिकाले खरिद गरेर उनीहरुलाई प्रदान गरिएको हो ।

विपद् व्यवस्थापनको सन्दर्भमा आवश्यक सामग्रीहरू जीवन रक्षक डुंगाका बेल्ट, ज्याकेट, माइक, बाल्टिन, डोरी, आगो निभाउने उपकरण लगायतका सामग्री प्रहरीलाई प्रदान गरिएको हो । पालिकामा पर्ने प्रहरी चौकीहरु फिकुरी, भाल्चे र शान्तिबजारलाई प्रदान गरिएको छ ।

सामाग्रि प्रदान गर्न आयोजित कार्यक्रममा उपाध्यक्ष न्यौपाने सहित प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर शाही वडाध्यक्षहरु २ नं का बद्रीप्रसाद देवकोटा, ३ नं का सुरेन्द्र बहादुर तामाङ ४ नं का विनोद तमाङ, नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाका सभापति लगायतको सहहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web