विदुरको नीति तथा कार्यक्रम सर्वसम्मत पास, बजेट माथी छलफल बाँकी

असार ११, २०८२ मा प्रकाशित | 276 views


नुवाकोट । विदुर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको छ । बजेट भने पेश भएपनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले अबरोध गरेपछि रोकिएको छ ।

नगरप्रमुख राजन श्रेष्ठले पेश गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथी सभा सदस्यहरुले केही सुझाब तथा राय पेश गरेपनि सेवा प्रवाह र कार्य सम्पादनको क्रममा त्यसलाई सम्बोधन गर्ने नगरप्रमुखको प्रतिबद्धता सगैँ नीति तथा कार्यक्रम जस्ताको तस्तै पास भएको छ ।

उहाँले पेश गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत रुपमा पास गरेसगैँ त्यसैलाई आधार मानेर उपप्रमुख प्रभा बोगटीले पेश गर्नुभएको बजेट भने पूर्ण पाठ अध्ययन गर्न नपाउदै एमालेबाट निर्वाचित जनप्रतिनिधिको अबरोधले सभा स्थगित भयो ।

उपप्रमुख बोगटीले पेश गर्नुभएको एक अर्ब १३ करोड ८१ लाख ४३ हजार ४४७ रुपैयाँ बराबरको बजेटको आकार ठूलो भएकोलाई मुख्य आधार बनाई थप अन्य मागहरु समेत राखेर एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभामा बिरोध गरेसगैँ सभाध्यक्ष एंव नगरप्रमुख राजन श्रेष्ठले दोश्रो पटक बसेको सभालाई स्थगित भएको घोषणा गर्नुभयो । अर्को सभा अर्थात तेश्रो पटकको सभा असार २० गतेको लागी बोलाइएको छ ।

नेकपा (एमाले)ले बजेटको आकार न्यूनतम एक अर्ब चार करोडदेखि अधिकतम एक अर्ब सात करोड हुनुपर्ने माग गरेको छ । एमालेले चालु आर्थिक वर्षको खर्चको दायित्व आगामी वर्षलाई राख्न नहुने भन्दै नगरले तिर्नुपर्ने दायित्व भुक्तानी गर्नुपर्ने र बजेटको आकार ठूलो बनाउन नहुने मुख्य अडान लिएको वडा नं १ का अध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो ।

बिदुर नगरपालिकामा ७० जना सभा सदस्य रहेका छन । त्यसमध्ये हाल ६७ जना कायम छन् । जसमा नेकपा (एमाले)का ३८, नेपाली कांग्रेसका २४, नेकपा (माओवादी केन्द्र) का ५ जना नगरसभाको सदस्यको रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web