वन क्षेत्र अतिक्रमण गरेर बनेका दुई घर हटाइयो, सात रोपनी जग्गा पुनः वन बनाइने

असार ११, २०८२ मा प्रकाशित
Published at असार ११, २०८२

369 views

नुवाकोट । सामुदायिक वन अतिक्रमण क्षेत्र खाली गर्ने अभियानलाई डिभिजन वन कार्यालय नुवाकोटले तिव्रता दिदै आएको छ ।

वन क्षेत्रको अतिक्रमण हटाउने, उक्त स्थानमा विरुवा रोप्ने र पुनः वन क्षेत्रको रुपमा विकास गर्ने नीति अनुरुप डिभिजनल वन प्रमुख रोशना पोखरेलको नेतृत्वमा रहेको डिभिजन वन कार्यालय नुवाकोटले सक्रियताको साथ तिव्रता दिएको हो ।

पछिल्ला वर्षहरुमा फाट्टफुट्ट रुपमा देखा परेको भएपनि उक्त अतिक्रमणले थप प्रश्रय पाउन सक्ने भन्दै डिभिजन कार्यालयले तिव्रता दिदै वन क्षेत्रलाई वनकै अबस्थामा स्थापित गर्ने प्रयास जारी राखेको छ ।

यसै सन्दर्भमा, बेलकोटगढी नगरपालिका वडा न. ५ स्थित सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएको दुई वटा संरचना हटाइएको छ भने उक्त स्थानको सात रोपनी जग्गा पुनः वन क्षेत्रमा फर्काउन लागिएको छ ।

रातमाटे सब-डिभिजन कार्यालय मार्फत पहिचान भएको अतिक्रमण क्षेत्रमा बनेका दुईबटा घर र उक्त घरले चर्चेका सहित वन क्षेत्रमा मिचिएका करीब सात रोपनी जग्गा खाली गरिएको वडाध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार डिभिजन वन कार्यालय नुवाकोट, सवडिभिजन कार्यालय रातमाटे, प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा अतिक्रमित क्षेत्र खाली गरिएको छ । उक्त स्थानमा अब यस वर्षको वर्षातको समयमा हावापानी अनुकुलित हुने विरुवा रोप्ने कार्य योजना बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web