
नुवाकोट । लिखु गाँउपालिकाको केन्द्र वडा नं ४ स्थित चौघडाको गड्खारमा सार्ने निर्णय गाँउसभाले बहुमतले पारित गरेको छ ।
आगामी आर्थिक वर्षको लागी बजेट ल्याउन आज बसेको गाँउपालिकाको १७ औँ अधिवेशनमा वडा नं १ का अध्यक्ष एंव पालिका प्रवक्ता नरहरि पाण्डेले गाउँपालिकाको केन्द्र वडा नं ३ स्थित भलाद्मीडाडाँबाट वडा नं ४ स्थित गड्खारमा सार्ने निर्णय र उक्त स्थानमा चौघडा सिचाई सवडिभिजनको नाममा रहेको ६ रोपनी ५ आना जग्गा प्राप्तीको लागी बागमती प्रदेस सरकार मार्फत नेपाल सरकार समक्ष माग गर्ने विशेष प्रस्ताव गाँउसभाले बहुमतले पारित गरेको हो ।
भिडियोमा हेर्नुहोस् :
यसअघि २०७४ साल चैत १५ गते बसेको गाँउसभाको बैठकले सिमलचउर केन्द्र तोक्ने निर्णय र २०७५ माघ २९ गते बसेको गाँउसभाको बैठकले गरेको निर्णय अनुसार भएका कार्यान्वयनलाई बदर गर्दै अहिले पेश गरिएको विशेष प्रस्तावलाई गाँउसभाले बहुमतले पारित गरेको हो ।

गाँउपालिका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष नरहरि पाण्डेले पेश गरेको विशेष प्रस्तावमा पास गर्न सभाध्यक्ष एंव पालिका अध्यक्ष ध्रुब श्रेष्ठले गर्नु भएको प्रस्तावमा हुन्छ भन्ने आवाज बहुमत भएसगैँ पालिकाको केन्द्र चौघडाको गड्खारमा सार्ने निर्णय कार्यान्वयनको लागी अघि बढ्ने भएको छ ।

विशेष प्रस्ताव माथी निर्णय लिन सभाध्यक्षले गरेको प्रस्तावमा ‘हुन्छ’ भन्नेमा बहुमत सदस्यले हात उठाए समर्थन जनाएका थिए भने ‘हुन्न’ भन्ने प्रस्तावमा अल्पमत सदस्यले हात उठाएर ‘हुन्न’ भनेसगैँ ध्वनी मतको आधारमा पालिकाको केन्द्र गड्खारमा सार्ने निर्णय सभाले पास गरेको हो ।
अहिले भलाद्मीडाँडामा रहेको पालिकाको केन्द्र स्थानतरण सहित जग्गा प्राप्तीको लागी बागमती प्रदेस सरकार मार्फत संघीय सरकार समक्ष पेश गरिने भएको छ ।
लिखुको बजेट ४९ करोड ३६ लाख ६२ हजार :
आज बसेको गाउँसभाले गाँउपालिकाको प्रशासनिक भवन बनाउनको लागी एक करोड रुपैयाँ समेत बिनियोजन गरेकाले केन्द्र स्थान्तरण र जग्गा प्राप्तीको काम जतिसक्दो चाडै सम्पन्न गर्न लाग्ने र नयाँ भवनको निर्माण सुरु गरिहाल्ने लक्ष्य लिएको उपाध्यक्ष सुभद्रा अधिकारीले बताउनुभयो ।

आगामी आर्थिक वर्षको लागी पालिकाको भवन बनाउन एक करोड सहित ४९ करोड ३६ लाख ६२ हजार रुपैयाँ बराबरको बजेट उपाध्यक्ष अधिकारीले पेश गर्नुभएको थियो ।
उहाँले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तब्य, बिनियोजन बिधेयक–२०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदन सर्वसम्मत पास भएको छ । यस्तै, राजस्व परामर्श समितिका संयोजक नरहरि पाण्डेले पेश गर्नुभएको आर्थिक बिधेयकपनि सर्वसम्मत पास भएको छ ।
17.12¡ÆC