नगरप्रमुख श्रेष्ठको पहलमा पृथ्वीनारायण र उहाँको दुई श्रीमतिको मूर्ति राख्ने स्थान टुङ्गो लाग्यो

असार ६, २०८२ मा प्रकाशित | 222 views

नुवाकोट । नुवाकोटको दुर्गरत्न (साततले दरबार) मा रहेको राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाह र उहाँको दुई श्रीमति इन्द्रकुमारी देवी र नरेन्द्र राज्य लक्ष्मीको ढलोटको शालिक (मूर्ति)लाई अहिलेको स्थानमा नै राखेर दरबार पुर्ननिर्माण गरिने भएको छ ।

दरबार पुर्ननिर्माणको क्रममा मूर्तिको सुरक्षा एंव संरक्षणको लागी पुरातत्व विभागले चासो देखाएसगै संरक्षण र सुरक्षाको सुनिश्चितता सहित दरबार भित्रै जहाँ अहिले रहेको छ सोही स्थानमा राख्ने ब्यबस्थाको पहल मिलाएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार पुरात्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसंग कुराकानी गरेर यही राख्ने वातावरण तय गरिएको हो । विभागको महानिर्देशक सौभाग्य प्रधानाङ्गसंग नगरप्रमुख श्रेष्ठले पुरातत्त्व मापदण्डलाई खलल पर्न नदिने गरेर संरक्षण गर्ने प्रतिबध्दता जनाउनुभएको छ ।

सोही प्रतिबद्धता पश्चात दरबार पुर्ननिर्माणको काम गरिरहेको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजसंगको छलफलमा नगरप्रमुख श्रेष्ठले मूर्तिको सुरक्षा र संरक्षणको लागी दरबार भित्रकै स्थानमा राख्न गर्नुभएको प्रस्तावमा सहमति भएको छ ।

मूर्तिलाई अहिले राखिएकै स्थान दरबार भित्र नै सुरक्षाको लागी (क्षति नोक्सान एंव टुटफुट हुन नदिनको लागी) कभर बक्स सहित राखेर दरबार पुर्ननिर्माण अघि बढाउन सकिने निर्माण पक्षले सहमति जनाएको हो ।

दरबार पुर्निनिर्माणको क्रममा दरबार खाली (साइट क्लियर) गर्न निर्माण पक्षले आग्रह गरेपछि मूर्ति स्थान्तरणको विषय उठेको थियो । अब मूर्तिलाई सोही स्थानमा राखेर दरबार पुर्ननिर्माण सुरु गर्न लागिएको छ । यो सगैँ राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाह र उहाँको दुई श्रीमति इन्द्रकुमारी देवी र नरेन्द्र राज्य लक्ष्मीको ढलोटको शालिक (मूर्ति) अब नुवाकोटमा नै बस्ने मात्र नभई सोही स्थानमा नै कायम रहने निश्चित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web