तादी गाँउपालिकाको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

असार ४, २०८२ मा प्रकाशित | 909 views


नुवाकोट । तादी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षमा बसेको तादी गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनको पहिलो बैठकमा आगामि आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम २०८२ पारित भएको हो । नीति तथा कार्यक्रम ल्याउने नुवाकोटमा तादी गाँउपालिका सबैभन्दा पहिलो पालिका हो ।

अन्य पालिकाहरु आगामी आवको नीति तथा कार्यक्रमको तयारीमा रहेको समयमा तादीले भने गाँउ अधिवेशन मार्फत नीति तथा कार्यक्रम छलफल सहित सर्वसम्मत रुपमा पास गरेको छ ।

नीति तथा कार्यक्रम गाँउपालिका अध्यक्ष सन्तमान तामाङले पेश गर्नुभएको हो । अब सोही आधारमा केन्द्रित भएर आउने बजेट उपाध्यक्ष सञ्जु प्याकुरेल मार्फत पेश हुने कानूनी प्राबधान रहेको छ । 

नीति तथा कार्यक्रम पारित भएसगैँ गाँउपालिका अब आगामी सोही नीति तथा कार्यक्रममा आधारित भएर बजेटको तयारीमा लागेको छ । देशभरका पालिकाले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानूनी प्राबधान भएपनि तादीले भने त्यो भन्दा अघि नै बजेट ल्याउने तयारीमा लागेको हो । 

गाउँ अधिवेशनले केही ऐन र नियमावलीहरु पनि पास गरेको छ । 

सभामा पेश भएको तादी गाउँपालिकाको संघ संस्था दर्ता तथा नियमन ऐन २०८२, तादी गाउँपालिका खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०८२, तादी गाउँपालिका सार्वजनिक खरिद नियमावली सभामा प्रस्तुत भई सर्वसम्मत रुपमा पास भएको सभाध्यक्ष एंव गाँउपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web