सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

असार १, २०८२ मा प्रकाशित | 173 views


काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । आज चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज अस्तिको जस्तै तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web