राजदुतको सुनुवाई आज सकिदै, राजनीतिक आधारमा सिफारिको सनुवाई अन्यौलमा

साउन २०, २०७३ मा प्रकाशित | 910 views

काठमाडौं,साउन २० ।  संसदको सार्वजनिक सुनुवाई विषेश समितिले आज थप पाँच राजदुतको नाम सिफारिस गर्ने भएको छ । सुनुवाई सकिएपछि समितिले राजदुतको नाम सिफारिस गर्नेछ । परराष्ट्रबाट सिफारिस भएकाहरू सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी, ऋषिराम घिमिरे, रमेशप्रसाद खनाल, झविन्द्रप्रसाद अर्याल र दुर्गाबहादुर सुवेदीको सुनुवाइ सकिएको छ ।

परराष्ट्रबाटै सिफारिसमा परेका लोकबहादुर थापाको सुनुवाइपछि आज पहिलो चरणको सनुवाई सकिनेछ । समितिको बैठक अहिले केहीबेरमा बस्दैछ । आज दलको कोटाबाट राजदुत भएको सनुवाई गर्ने वा नगर्ने भन्ने विषयमा भने अन्यौल देखिएको छ । सरकारबाट प्रस्तावित राजनीतिक दलका कोटाका राजदूतको सुनुवाइ के गर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिभित्रै मतभेद भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले करिअरबाट ८ र राजनीतिक दल निकटबाट १४ गरी २२ जनाको सिफारिस गरेको थियो । एमाले कोटाका महेन्द्रबहादुर पाण्डे, खडगबहादुर केसी, नारदनाथ भारद्वाज, शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानीलगायत रोलक्रममा पर्छन् । सिफारिस गर्ने एमाले अब दल प्रतिपक्षमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web