एजेन्सी,साउन २० । अमेरिकी राष्ट्रपति बाराक ओबाले २ सयभन्दा बढी कैदी बन्दी रिहा गर्नुभएको छ । इतिहासमै सबैभन्दा बढी कैदी बन्दीलाई एक साथ रिहा गरिएको हो । राष्ट्रपति बाराक ओबामाले २ सय १४ कैदीको सजायँ माफ गरेपछि उनीहरु रिहा भएका हुन् ।

ओबामाले अहिलेसम्म ५६२ कैदीको सजायँ माफ गरिसक्नु भएको वीवीसीले जनाएको छ । पछिल्लो सय वर्षको इतिहासमा कुनै राष्ट्रपतिले यति धेरै संख्यामा एक साथ कैद माफी गरेको यो पहिलो घटना भएको ह्वाइहाउसले जनाएको हो । लागू औषधसँग सम्बन्धित मुद्दामा कैद परेकाहरुको कैद माफी गरिएको हो । जसमध्ये ६७ जना आजीवन कैद भोगिरहेका थिए ।

17.12¡ÆC