कुशलले मनाए बृद्धाश्रममा जन्मदिन, ज्येष्ठ नागरिक प्रतिको दायित्व बोध गराई सामाजिक क्षेत्रमा तल्लिन गराउदै

जेष्ठ २८, २०८२ मा प्रकाशित | 283 views


नुवाकोट । जन्म दिन मनाउनको लागी धेरैले केक काट्ने अनि मिठो खाने र रमाइलो ठाँउमा घुम्न जाने गर्छन । तर, नुवाकोटको एक बालकले आफ्नो जन्म दिन बृद्धाश्रममा पुगेर साहार बिहीन भएका ज्येष्ठनागरिकहरुसंग मनाएका छन् । विदुर नगरपालिका वडा नं ११ माथिल्लो गेर्खुका बालक कुशल तिमिल्सिनाको जन्म दिनमा केक काट्ने र मिठो खाने रहरलाई उहाँको परिवारको सामाजिक सेवाको भावले बृद्धाश्रममा मनाइको हो ।

 

काठमाडौको टोखा नगरपालिका–९ स्थित गोङ्गबुमा रहेको हिमालय बृद्धाश्रम केन्द्रमा रहेका ६१ जना ज्येष्ठ नागरिकहरुसंग बालक कुशल सहित उहाँको परिवारले नै सगैँ बसेर खाना खादै उहाँहरुलाई एक एक थान लगाउने कपडा प्रदान गर्नुभयो ।

 

सासामाजिक क्षेत्रमा सक्रिय रहदै आउनुभएका तिमिल्सिना परिवारले बृद्धाश्रमको बारेमा आफ्ना बच्चालाई जानकारी दिन, त्यहाँ सहयोग गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्न र अभिभावक र विशेष गरेर ज्येष्ठनागरिकहरु प्रति परिवारको जिम्मेवारको बोध गराउनको लागी आफ्नो नातीको जन्म दिन बृद्धाश्रममा मनाएको हजुरबुबा डिल्लिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

नेकपा एमालेमा आबद्ध भएर राजनीतिलाई समाजसेवामा जोडिर सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका उहाँ सहित तिमिल्सिना परिवारले नियमित रुपमा यस्तै सहयोगलाई निरन्तरता दिदै आउनुभएको छ ।

 

विदुर नगरपालिकाको वडा नं ११ को नेकपा एमालेको तर्फबाट पाटी अध्यक्ष समेत रहनुभएका उहाँ सोही स्थानमा डिल्ली इलोक्ट्रोनिक तथा स्टेशनरी सेन्टर सञ्चालन गरेर आर्थिक क्षेत्रमा जोडिनुभएको छ । व्यापार तथा व्यावसाय एंव विभिन्न घरायसी आम्दानी परिवारका सदस्यहरुले जागिर खाएर प्राप्त भएको रकममा केही बचत गर्दै नियमित रुपमा सामाजिक क्षेत्रमा सक्रिय रहने तिमिल्सिना परिवारले संकल्प लिएका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web