नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

जेष्ठ २७, २०८२ मा प्रकाशित | 147 views


काठमाडौँ । आरिफ शेखको अर्धशतकमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर २३६ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले ८४ रन बनाए । उनले ८५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन जोडे । कुशल भुर्तेलले १८, दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे ।

नेदरल्यान्ड्सका लागि पल भानले चार, लेभिटले तीन र आर्यन दत्तले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web