नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेष्ठ २५, २०८२ मा प्रकाशित | 299 views

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले ३३ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।

नेपाल टेलिकमबाट प्रतिस्पर्धाविना झन्डै ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । २०७९ साल पुसमा भएको ठेक्का सम्झौता अनुसार एशिया इन्फो नामक कम्पनीले वार्षिक झन्डै ६५ करोडका दरले ५ वर्षमा ३ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउने स्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web