बाजुराको बाम्का बजारमा आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान

जेष्ठ २५, २०८२ मा प्रकाशित | 130 views


काठमाडौ । बाम्का बजारमा अस्ति शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ ।

क्षतिपछि पीडितलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बानियाँको संयोजकत्वमा समिति गठन गरेको वडा–६ का अध्यक्ष हेमराज जैशीले जानकारी दिनुभयो ।

दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि तीन तहका सरकार र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको त्रिवेणीका मेयर कर्णबहादुर थापाले बताउनुभयो । बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले तत्कालका लागि एक लाख राहतस्वरुप सहयोग गरेको छ ।

अस्ति शुक्रवार दिउँसो ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको थियो । दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो तत्कालै निभाउन समस्या भएको थियो । विस्थापित परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web