सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

जेष्ठ २५, २०८२ मा प्रकाशित | 131 views


काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web