दुप्चेश्वर–३ का किसानलाई गोलभेडा खेती गर्न आवश्यक सामाग्रि उपलब्ध

जेष्ठ २१, २०८२ मा प्रकाशित | 519 views


नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरि सम्पूर्ण कृषकहरुलाई आर्थिक रुपमा सक्षम बनाउन अनुदान एंव प्राविधिक सहयोग उपलब्ध गराउदै आएको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रम मार्फत वजेट विनियोजन गरि विभिन्न कार्य गर्दै आएको गाँउपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार यही क्रममा दुप्चेश्वर गाउँपालिका वडा नं ३ स्थित हुङमा रहेको डाँडाटोल कृषक समुहमा आवद्ध भएका ३२ जना किसानलाई गोलभेँडा खेति गर्नका लागि आवश्यक पर्ने टनेल प्लास्टिक, सिचाईँका लागि पाईप, झारी, क्रेट, कैँची लगायत कृषि सामग्रीहरु वितरण गरिएको छ ।

दुप्चेश्वर गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमलाई सफल वनाउन सहयोग गर्दै आएको सामाजिक संस्था रुडेक नेपालले दुप्चेश्वर गाउँपालिकाले माग गरे अनुरुपका कृषि सामाग्रीहरु उपलब्ध गराएको हो । किसानलाई सामाग्रि प्रदान गर्न आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ, रुडेक नेपालका जिल्ला संयोजक मिनकुमार के.सी. लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web