आईपीएल क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र पन्जाब खेल्दै

जेष्ठ २०, २०८२ मा प्रकाशित | 105 views


काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् ।

खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु र पन्जाब पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलमा खेल्दैछन् । अर्थात् आईपीएल क्रिकेटको यस सिजनकाे नयाँ टोली च्याम्पियन बन्ने छ ।

पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले पञ्जाबलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा पन्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web