मुम्बई इन्डियन्सलाई हराउँदै पन्जाब आईपीएल क्रिकेटको फाइनलमा

जेष्ठ १९, २०८२ मा प्रकाशित | 227 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पन्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

यससँगै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको छ । यसअघि पन्जाबले २०१४ को फाइनल खेलेको थियो ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे। कप्तान श्रेयस अएरले ८७ रन बनाए । मुम्बईका अश्विनी कुमारले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए ।पन्जाबका अजमतुल्लाह उमरजाईले २ विकेट लिए ।

अब पन्जाबले भोलि हुने फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web