
नुवाकोट । तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा नं. ४, बुधसिंहमा निर्माण गरिएको बिउरिनी कटरबोट लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।
बिउरिनी कटरबोट मुहानको पानी ६०० मिटर माथिसम्म लिफ्ट गरी तल्लो बुधसिंह गाउँमा रहेको वितरण ट्यांकीमा संकलन गरेर वितरणको लागी निर्माण सम्पन्न गरिएको योजनाको अध्यक्ष अधिकारीले उद्घाटन गर्नुभएको हो ।

लिफ्ट खानेपानी योजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तिसौँ वर्षदेखि तल्लो बुधसिंहका बासिन्दाले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गर्न विगतमा आफूले जनाएको प्रतिबद्धता अनुरुप सफल भएको बताउनुभयो । आयोजना निर्माण हुनुअघि तल्लो बुधसिंहका सयौँ घरधुरीले परम्परागत रुपमै सोही मुहानको पानी काखी, काँध र डोकामा बोकेर प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब घरघरमा नै पानीको धारा निर्माण गरिएको छ ।
मुहानको पानी लिफ्ट मार्फत वितरण ट्याङ्की पुराइएको छ भने ट्याङ्कीदेखि उपभोक्ताको घरसम्म धारा जडान गरेर पानी वितरण थालिएसगैँ अध्यक्ष अधिकारीले आफूले जनाएको प्रतिबद्धता पूरा मात्रै होइन कि उपभोक्ताको मुहारमा खुसी दिन पाउदा आफू निकै हर्षित भएको बताउनुभयो ।

यसअघि स्थानीय उपभोक्ताले पानीको पराम्परागत मुहानसम्म आउजाउ गर्न घण्टौ उकालो ओरालो गर्नुपर्ने बाध्यता, पानीको भाडो बोकेर उकालो ओरालो गर्न बालबालिका र ज्येष्ठ नागरिकहरुलाई भइरहेको कठिनाई, पधेँरा जान आउनलाई लाग्ने समय अहिले सबै समाधान भएसगैँ स्थानीय उपभोक्ताले जनप्रतिनिधिबाट प्रतिबद्धता पूरा हुने देखि जनताको समस्यालाई साथ समेत दिएको प्रति उत्साहित भएका छन् ।
घरघरमा पानी पुगेसगैँ पधेँरामा बिताउनुपर्ने समयको बचत भएसगैँ उक्त समयमा अरु काम गर्न, घरमा उग्रने पानीको बचत गरेर करेसाबारी कुढारमा तरकारी फलफूल लगाउन, कुखुरापालन लगायतका आयअर्जनसंग जोडिनेको लागी तल्लो बुधसिंहका सयौँ घरधुरीलाई सजिलो बनाएको छ ।

पधेँरामा पानी लिन जाने बालबालिकाले समय बचत भएसगैँ अब पढाई र अभिभावकलाई काममा सहयोग गर्न पाउने भएसगैँ घरघरमा पानी पुग्दा ज्येष्ठनागरिकदेखि बालबालिकाको मुहारमा खुसी छाएको छ ।
तल्लो बुधसिंहका सयौँ घरमा पानी पुराउन तारकेश्वर गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा निर्माण सुरु भएको यो आयोजनाको अध्यक्ष शिव अधिकारी (अबिरल)ले कामको अन्तिम चरणमा पुगेसगैँ केही दिनअघि निरीक्षण गर्दै बाँकी रहेका काम सम्पन्न गर्न निर्देशन दिएर धारा चलाउनलाई सुरु गर्न भन्नुभएको थियो ।

अहिलेको सुख्खा याममा उपभोक्तालाई पानी खुवाउने लक्ष्य लिनुभएका अध्यक्ष अधिकारीले आयोजनाको काम सम्पन्न गर्न बजेट अपुग भएको उपभोक्ताको गुनासोलाई तत्कालै थप १ लाख रुपैयाँ निकासा गर्दै एक साताभित्र निर्माण सम्पन्न गर्न दिएको निर्देशनले योजना पूरा भएको हो । योजना सञ्चालनमा आएसगैँ तल्लो बुधसिंहका सयौँ घरधुरीमा खुसी र उमङ्ग थपिएको छ ।
20.12¡ÆC