तादी गाँउपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने शिविर सुरु, १७ गतेसम्म चल्ने

जेष्ठ १५, २०८२ मा प्रकाशित | 415 views


नुवाकोट । तादी गाँउपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने शिविर सुरु भएको छ ।

तादी गाँउपालिकाबासीलाई सेवा प्रवाह गर्ने लक्ष्यको साथ यही जेठ १५, १६ र १७ गते तीनदिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालनमा ल्याएको गाँउपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार तादी गाँउपालिकामा बसोबास गर्ने विशेष गरेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरु ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्ति लगायत राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक पर्ने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको हो । जेठ १५ गतेदेखि १७ गतेसम्म तीन दिन चल्ने शिविर गाँउपालिकाको कार्यालयमा सञ्चालन भइरहेको छ । शिविरबाट सेवा लिन आउदा तोकिएका सरकारी कागजातहरु भने अनिवार्य रुपमा समावेश गरेर आउनको लागी भनिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्तीको लागी राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले बनाउन बाँकी रहेका व्यक्तिहरुको लागी घरका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी लगायतलाई सहजिकरण गर्नको लागी गाउँपालिकाले अनुरोध गरेको छ । छुट भएका व्यक्तिलाई शिविरमा ल्याएर तथा आएर राष्ट्रिय परिचयपत्र बनाउन पालिकाले अनुरोध गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

तादी गाँउपालिकामा गएको वर्ष पनि शिविर चलाइएको थियो । तर, उक्त शिविरमा फारम भरेका धेरै व्यक्तिको तथ्याङ्क नै नपाइएको अर्थात नम्बर नै नआएको हुदाँ अहिलेको शिविरमा सम्पर्क गर्नको लागी आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web