अध्यक्ष अधिकारीको निर्देशनमा तारकेश्वरमा विद्यालय अनुगमन, जहाँ गयो त्यही देखियो कमजोरी, सुधार्न निर्देशन

जेष्ठ १४, २०८२ मा प्रकाशित | 213 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले हालै दिनुभएको निर्देशनबमोजिम आज गाउँपालिका शिक्षा शाखाका कर्मचारी सहित नगर प्रहरीको टोलीले वडा नं. २ का विभिन्न विद्यालयहरुको निरीक्षण गरेको छ ।

२ नं मा रहेका श्रीकृष्ण मावि, पिमलटार मावि र गणेशमान आविको अनुगमनका क्रममा विद्यालयहरुको व्यवस्थापकीय र शैक्षणिक पक्षमा थुप्रै त्रुटि तथा लापरबाही देखिएको अनुगमन टोलिले जनाएको छ ।

विद्यालयको शैक्षिक वातावरण एंव पठनपाठनको अवस्था सन्तोषजनक नरहेको पाइएकाले तत्काल सुधार गरेर शैक्षिक गुणस्तर सुनिश्चित गर्न अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको छ ।

कमजोरी देखिएका पक्षमा तत्काल सुधार गर्न दिएको समयमा सुधार गरेर त्यसको जानकारी पालिकामा दिन भनिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

सुधारका लागी निर्देशन दिएका पक्षमा सुधार नभएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत उहाँले दिनुभएको छ ।

अध्यक्ष अधिकारीले मंगलबार दिएको निर्देशनपछि विद्यालयहरुको आजैदेखि अनुगमन थालिएको हो । यसलाई सबै विद्यालयमा पुर्याउन अध्यक्ष अधिकारीले निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web