अध्यक्ष अधिकारीबाट ‘कोलडाँडा–आरुबोटे–बगुवा–खोलेबेसी सडक’को निरीक्षण, तोकिएको गुणस्तर नभएपछि दिनुभयो कडा चेतावनी

जेष्ठ १४, २०८२ मा प्रकाशित | 201 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले कालोपत्रे भइरहेको कोलडाँडा–आरुबोटे–बगुवा–खोलेबेसी जोड्ने सडकको कार्यप्रगतिको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा ठेक्का लगाउदाको बखतमा तोकिए अनुसारको भन्दा कमीकमजोरी देखिएकाले तत्काल सुधार गरी गुणस्तरीय ढंगले काम सम्पन्न गर्न अध्यक्ष अधिकारीले निर्देशन दिनुभयो।

बागमती प्रदेश सरकार र तारकेश्वर गाउँपालिकाको समपूरक बजेटमा गतवर्ष आरुबोटे डाँडासम्म कालोपत्रे भएकोमा यसपटक आरुबोटे गाउँ पुर्याउने लक्ष्य सहित कालोपत्रे काम भईरहेको छ । उक्त काममा गुणस्तर सुधार सहित तिव्र गतिमा काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।

तारकेश्वरमा हुने कार्यमा कहीकतैबाट बदमासी हुन नदिन चेतावनी दिदै अध्यक्ष अधिकारीले काममा गुणस्तर सहित बगुवा बस्तीमा पनि अविलम्ब कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web