तारकेश्वर आइपुग्यो दाता,बुलर नेतृत्वको स्विस टोलीबाट बिपी स्मृति आविको कम्पाउन्डिङ गर्दै

जेष्ठ १४, २०८२ मा प्रकाशित | 210 views


नुवाकोट ।तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)को पहल र वरीष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा स्विस नागरिक बर्नहाट बुलर नेतृत्वको टोलीले भूकम्पपछि निर्माण गरेको तारकेश्वर–२, आरुबोटेस्थित श्री बिपी स्मृति आविको आवश्यक पूर्वाधार निर्माणको काम सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष अधिकारी, समाजसेवी लम्साल र बुलर नेतृत्वको टोलीले विद्यालयको निरीक्षण गरी कम्पाउन्डिङ वाल निर्माण गर्ने लगायत भौतिक संरचनाहरुको स्तरोन्नतिको कार्य अघि बढाएको हो ।

विद्यालय भवनको निर्माण र त्यसपछि पनि पटकपटक स्तरोन्नति, थप संरचाना निर्माण र शैक्षिक सामग्रीको उपलब्धताका लागि सहयोग पुर्याउँदै आएको बुलर नेतृत्वको स्विस टोली र समाजसेवी मोहन लम्साललाई अध्यक्ष अधिकारीले उच्च सम्मान प्रकट गर्नुभयो । उहाँहरुको सहयोगले शिक्षाको सुधारमा उलेखनिय योगदान पुगेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर जारी राख्न अध्यक्ष अधिकारीले अनुरोध गर्नुभयो ।

अध्यक्ष अधिकारीको पहलमा अहिले तारकेश्वरको विभिन्न स्थानमा सातवटा विदेसी दाताहरुबाट सहयोगको कार्यक्रम चलिरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई लगायतका पालिकाबासीको आधारभूत आवश्यकता पूरा गर्दै समृध्द तारकेश्वर निर्माणमा दाताहरुको सहयोगको महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web